मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने

 पुस २७, २०७५ शुक्रबार २०:५१:३ | सुमन तिमल्सिना

माेरङ - मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका अमित मण्डलकाे परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गर्नुभयाे।

कार्कीले मृतक परिवारलाई १ लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताउनुभयाे । 

विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलका ११ वर्षीय छोरा अमित मण्डलको बाटाेमा भेटेकाे माेबाइलकाे ब्याट्री आगाेमा हाल्दा पड्किएर ज्यान गएकाे थियाे । घटनामा त्यसै ठाउँका मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी थिइन् । राधिकाको दुवै आँखा जलेको अस्पतालले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया