एक केजी सुनसहित ६ जना पक्राउ

 पुस २८, २०७५ शनिबार ९:५१:३० | आशिष विश्वकर्मा

सिरहा – सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुन बरामद गरेको छ । 

विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको  जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया