प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको घाँटी रेटी हत्या

 पुस २८, २०७५ शनिबार ११:३५:१२ | गोविन्द शर्मा

बाँके – नेपाल प्रहरीको सिपाहीमा भर्नाका लागि सुर्खेतबाट आएका एक युवाको हत्या भएको छ । 

सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । 

प्रहरीमा भर्ना हुनका लागि ठकुरी केही दिनअघिदेखि कोहलपुरमा रहेको आफन्तको घरमा बस्दै आउनुभएको थियो । शुक्रबार साँझ घरबाट निस्केका उहाँको शनिबार बिहान शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया