बीसीसीआईकाे प्रतिबन्धपछि हार्दिक र राहुलसँग प्रायाेजकले पनि सम्झाैता ताेडे

 पुस २८, २०७५ शनिबार १४:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट बोर्डले हार्दिक पाण्ड्या र केएल राहुललाई प्रतिबन्धमा पारेपछि उनीहरुसँग संलग्न रहेका प्रायोजकहरुले पनि हात झिक्न थालेका छन् ।  

त्यसमा पहिलो कम्पनी जिलेट माचथ्री रहेको छ । हार्दिकलाई आफ्नो विज्ञापनमा खेलाएको जिलेटले उनीसँगको सम्झौता तोडेको छ । सो कम्पनीका प्रवक्ताले अर्को निर्णय नहुन्जेलसम्मका लागि हार्दिकसँगको सम्झौता रद्ध गरेको जनाएका छन् ।

पाण्डे पछिल्लो पटक ७ वटा विभिन्न कम्पनीसँग आबद्ध रहेका थिए ।  जिलेटले हात झिकेपछि अरु कम्पनीले पनि विचार गर्न थालेको हिन्दस्तान टाइम्सले जनाएको छ । यस्तै राहुलको जर्मन स्पोर्टवेयर बनाउने कम्पनी पुमा, बैग्लोरमा रहेको फिटनेस कम्पनी कुएरफिटले पनि उनीसँगको सम्झाैता तोडेको छ ।

करन जोहरको कफी विद् करनमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनीहरुलाई बीसीसीआईले प्रतिबन्ध लगाएको हो । जसका कारण उनीहरु अष्ट्रेलियाबाट स्वदेश फर्किएका छन् ।

याे पनि पढ्नुहाेस् 

अष्ट्रेलियाविरुद्धकाे पहिलाे एक दिवसीय: भारतकाे फितलाे सुरुवात, ४ रनमा ३ विकेट

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया