दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा सडकमाथिबाट खसेको ढुंगाले लाग्दा ट्रक चालकको ज्यान गएको छ ।
गएराति साढे बजेतिर ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रकमा लाग्दा ट्रक चालकको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगानाको ज्यान गएको हो ।
पानी पर्न थालेसँगै नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँ ठाउँमा पहिरो जान तथा ढुंगा खस्न थालेको छ । बाटो विस्तारका क्रममा काटिएका पहाड तथा चट्टान खस्ने जोखिम धेरै छ ।
यो सडकखण्डको कालीखोला लगायत केही क्षेत्रलाई अति जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको छ ।