प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्ज्यानी चिन्ह प्रदान

 पुस २८, २०७५ शनिबार १६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत भ्रमणमा रहनुभएका प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार  भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

भारतकाे राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा याे दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे । 

नेपाली तथा भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द्र सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

भारत भ्रमणका क्रममा प्रधान सेनापति थापाले शुक्रबार नयाँ दिल्लीमा रहेकाे नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया