‛नबस्नु भो परदेश, आउनु फर्केर बाबा...′

 पुस २८, २०७५ शनिबार १७:२४:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीका विषयमा गीत बनाउने क्रम बढेको छ ।

नारायण रायमाझीको स्वर र संगीत तथा रमेश बिसीको शब्द रहेको गीत ‛गएउ आमा चढेर जहाजमा फक्र्यौ बाकसमा, प्रकाश सपुत र शान्तिश्री परियारको स्वर र नारायण रायमाझीको संगीत र हेमन्त रानाको स्वर तथा कालीप्रसाद बाँस्कोटाको संगीत संयोजन रहेको गीत ‘सुन साइँली’ लोकप्रिय भएपछि वैदेशिक रोजगारीका विषयमा गीत बनाउने क्रम बढेको छ । 

यसै क्रममा ‘वनमा काफल पाक्यो बाबा’ बोलको गीत सार्वजनिक भएको छ । दिनेश थपलियाले लेख्नुभएको गीतमा बसन्त सापकोटाको संगीत छ भने समिक्षा अधिकारीले गाउनुभएको छ । बिहीबार सार्वजनिक भएको गीत यूट्युबमा ट्रेण्डिङमा पनि परेको छ । 

गीतमा भनिएको छ ‘वनमा काफल पाक्यो बाबा, गाउँघरले डाक्यो, नबस्नु भो परदेश आउनु फर्केर बाबा ।’ गीतको म्यूजिक भिडियोमा वैदेशिक रोजगारीमा गएका बुवालाई छोरीले फर्किन आग्रह गरेको देखाइएको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया