यस वर्ष नुवाकोटमा ४७ हल गोरु जुधाइँने

 पुस २८, २०७५ शनिबार १८:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

नुवाकोट – नुवाकोटको तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइँने भएको छ ।

रसुवा नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नुवाकोटमा यसवर्ष ४७ हल गोरु जुधाउने बताएको हो । नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८ , घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउनका लागि दर्ता भएको समाजले जानकारी दिएको छ ।

नुवाकोटको बेत्रावती, र तारुकामा मात्रै मनाइँदै आएको यो पर्व यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटमा पनि गोरु जुधाइने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम पनि यसै वर्षदेखि थप गरिएको आयोजकले जनाएको छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था तथा विजेता÷उपविजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया