चेल्सीको जित

 पुस २९, २०७५ आइतबार ७:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासल युनाईटेडमाथि दुई एकको जित निकालेको छ । जितसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको नौ मिनेटमा नै पेद्रोको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो । उनले डेविड लुइजको पासको सुदुपयोग गरेका थिए । 

तर ४० औं मिनेटमा क्लार्कको गोलमा न्युक्यासलले खेल बराबरी गर्न सफल भयो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा चेल्सीले फेरि अग्रता बनायो । यसपटक उसका लागि इडेन हाजार्डको पासमा विलियमले गोल गर्न सफल भए । 

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र चेल्सीले तीन अंक बटुल्यो । जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ५७ अंक छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया