सलाहको एकमात्र गोलले लिभरपुलको जित, ७ अंकको अग्रता

 पुस २९, २०७५ आइतबार ७:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले ७ तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

शनिबार राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो  । पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।

मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल विजयी भयो ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया