नेपाल टेलिकमले ल्यायो २२ नयाँ अफर

 पुस २९, २०७५ आइतबार १६:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको ‘विन्टर अफर’ सार्वजनिक गरेको छ  ।

इन्टरनेट डाटा, भ्वाइस कल र एसएमएसको लागि सस्तो अफर सार्वजनिक गरिएको नेपाल टेलिकमले जनाएको छ । अफर अन्तर्गतको सेवा आइतबारदेखि लागू भई आउँदो चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ ।

ह्याप्पी विकेन्ड अफर

ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए, प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

अल टाइम डाटा प्याक अफर

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ ।

अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबीदेखि ४ हजार ५ सय एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।

नाइट टाइम भोलुम बेस्ड डाटा प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

थप बोनस समेत गरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याक

अनलिमिटेड नाइट टाइम डाटा प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम-सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ ।

उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।

अल टाइम सोसियल मिडिया डाटा प्याक

अल टाइम सोसियल मिडिया डाटा प्याक अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ ।

यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

अल टाइम डाटा स्ट्रिमिङ प्याक 

अल टाइम डाटा स्ट्रिमिङ प्याक जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ ।

यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।

अल टाइम फोरजी डाटा प्याक

अल टाइम फोरजी डाटा प्याक अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

यसअन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिनदेखि २८ दिन सम्म उपयोग गर्न सकिन्छ ।

जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक

जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।

अल टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड भ्वाइस प्याक

अल टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ ।

यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।

नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड भ्वाइस प्याक

नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ ।

सीयूजी प्याकेज 

कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ ।

यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन् ।

त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् ।

योबाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० घ एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ ।

डे प्याक डे प्याक

डे प्याक डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ ।

एसएमएस प्याक

एसएमएस प्याक जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ ।

यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।

एफटीटीएच व्यक्तिगत प्याकेज

एफटीटीएच ब्यक्तिगत प्याकेज नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ ।

व्यक्तिगततर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

अन्य अफर बुझ्न कम्पनीको वेबसाइट  www.ntc.net.np/ मा जान सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

2 Comments

  • [email protected]

    July 25, 2021, 6:38 a.m.

    के कसरी डायल गर्नुपर्नेछ लेखिदिए राम्रो

  •  0 Reply
  • आत्माराम ख़ातिवड़ा

    Jan. 14, 2019, 4:22 p.m.

    यो त सब पुरानु ऑफर हो

  •  0 Reply

तपाईको प्रतिक्रिया