लमजुङमा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्पकाे धक्का महसुस

 पुस २९, २०७५ आइतबार १६:५८:६ | श्यामशितल परियार

लमजुङ – लमजुङमा आइतबार पनि भूकम्पको धक्का महसुस भएको छ ।

लमजुङको सिम्पानीलाई केन्द्रविन्दु बनाएर आइतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारीलाई उद्धृत गर्दैै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

सिम्पानी सदरमुकाम बेसीशहरदेखी ४ किलाेमिटर उत्तर पश्चिममा पर्छ । प्रजिअ ढकालका अनुसार भूकम्प एकदम सानो र छोटो समय गएको हो । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो ।

गएको बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा बेसीशहरनजिक उत्तर पश्चिम भागलाई केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।   

अन्तिम अपडेट: चैत २८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया