ला लिगा: लेभाण्टेलाई हराउँदै एट्लेटिकाे मड्रिडले बार्सिलाेनासँगकाे अन्तर घटायाे

 पुस २९, २०७५ आइतबार २०:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ ।

जितसँगै लिगको दोस्रो स्थानमा रहेको एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ ।

मड्रिडमा भएको खेलमा एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५७ औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

५७  हजार दर्शकमाझ भएको खेलमा एट्लेटिकोले आधा दर्जनजति प्रहार खेर फाल्यो । यता लेभान्टेले पनि पाएका मौकाको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नुपर्यो ।

जितसँगै एट्लेटिकोले केही घण्टाको लागि भए पनि शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ । बार्सिलोनाको १८ खेलबाट ४० अंक छ भने एट्लेटिकोको १९ खेलबाट ३८ अंक भएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया