गुनरकाे प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडको लगातार छैटाैँ जित, टाेटनह्याम पराजित

 पुस ३०, २०७५ सोमबार ६:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ओले गुनर सोल्स्कायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शतप्रतिशत जित निकालेको छ ।

आइतबार भएको खेलमा युनाइटेडले टोटनह्यामलाई हरायो । सोल्स्कायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडलाई ६ खेलमा छैटौं जित दिलाउनका लागि माकएस रासफोर्डको गोल निर्णायक बन्यो । 

यो जितसँगै सोल्स्कायरले म्यानचेस्टर युनाइटेडको इतिहासमै पहिलो ६ खेलमा जित दिलाउने इतिहास कायम गरेका छन् । 

टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि रासफोर्डको गोलभन्दा महत्वपूर्ण गोलकिपर डेविड डि गेयाको प्रदर्शन निर्णायक बन्यो । दोस्रो हाफमा उनले १० वटा उत्कृष्ट बचाउ गरेका थिए । जसमध्ये सातवटा प्रहार फ्रेममा थियो । 

जितसँगै म्यानचेस्टर युनाइटेड ४१ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ ।

४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले  पछि परेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया