मेस्सीले बनाए ४०० गाेलकाे किर्तिमान

 पुस ३०, २०७५ सोमबार ६:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोना फरवार्ड लियोनल मेस्सीले ला लिगामा ४०० गोलको कीर्तिमान बनाएका छन् । आइतबार राति बार्सिलोनाले एइबारलाई ३–० ले हराउने क्रममा मेस्सीले एक गोल गर्दा मेस्सीले एक गोल गर्दै ला लिगाको यो कोषेढुंगा पार गरेका हुन् ।

मेस्सी ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत हुन् । मेस्सीले ४०० गोल पूरा गर्नका लागि ४३५ खेल खेलेका छन् । युरोपको कुनै एउटा लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सीले दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्ने राम्रो मौका पाएका थिए । तर एइबारका गोलकिपर एसियर रियस्गोले उत्कृष्ट बचाउ गरे ।

युरोपको शीर्ष पाँच लिगमा ४०० गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । रोनाल्डोले ४०९ गोल बनाइसकेका छन् । रोनाल्डोले इंग्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५०७ खेल खेलेका छन् ।

एइबारलाई ३–० ले हराउँदा मेस्सीले एक गोल गर्दा लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले १९ औं र ५९औं मिनेटमा गोल गरेका थिए । मेस्सीले स्वारेजको पासमा ५३औं मिनेटमा यो महत्वपूर्ण गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता लिएको छ । उसको १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ ।

एट्लेटिकोले आइतबार राति लेभान्टेलाई १-० ले हराएको थियो । तेस्रो स्थानको सेभिया भने एथल्टिक बिल्बाओसँग २-० ले पराजित भयो । पराजयपछि सेभिया शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया