बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप

 पुस ३०, २०७५ सोमबार १०:३९:१९ | एजेन्सी
unn.prixa.net

बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौन  दुर्व्यवहारको आरोप लागेको छ । 

हिरानीलाई उनीसँगै काम गर्ने महिलाले  दुर्व्यवहारको आरोप लगाएकी हुन् । पीडित महिलाले चलचित्र सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गरेकी छिन् । 

ती महिलाले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म  दुर्व्यवहारमा परेको बताएकी छिन् । जतिबेला चलचित्र ‘सञ्जु’को काम भैरहेको थियो । 

पीडित महिलाका अनुसार ९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक कार्यालयमा नै उनलाई  दुर्व्यवहार गरेका थिए । त्यसपछिका ५ महिना उनका लागि राम्रो भएन । 

हफपोस्ट इंडियाको रिपोर्टअनुसार ती महिलाले सञ्जुका सह निर्माता विनोद चोपडालाई पनि मेल गरेर यो विषयमा जानकारी दिइएको बताइएको छ  ।

हिरानीले भने आरोप अस्विकार गरेका छन् । उनका वकिल आनन्द देसाईले आरोपलाई झुटो, निन्दनीय,  कसैसँग प्रेरित र अपमानजनक बताएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया