फाल्गुनन्द गोल्डकप : उपाधिका लागि झापा–११ र आर्मी खेल्दै

 पुस ३०, २०७५ सोमबार ११:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – फिदिममा भैरहेको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल सोमबार हुँदैछ । फिदिम माविको खेल मैदानमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ र झापा–११ बीच दिउँसो साढे एक बजे हुनेछ ।

झापा–११ ले सेमिफाइनलमा प्रतियोगिताको बलियो टोली स्वरस्वती क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आर्मीले भारतको रोयल एफसी दार्जिलिङलाई पाखा लगाउँदै झापासँगको भेट पक्का गरेको हो । दुवै टोलीले उपाधि आफूले कब्जा गर्ने दाबी गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट डिफेन्डर, बेस्ट मिल्डफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडिलाई जनही १० हजार प्रदान गरिनेछ ।

बेस्ट कोच र प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद १५ हजार प्रदान गरिे आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछ । पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप नेपालको १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झनामा गएकाे १० वर्षदेखि आयोजना हुँदै आएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया