मुक्तिनाथ मन्दिर अगाडि योग गरेको तस्बिरमा मोदीले लेखे – वन्डरफुल !

 असार ४, २०७५ सोमवार १२:५३:१० | उज्यालो सहकर्मी

काठमाडाै‌ं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको छ ।

भिक्षु र स्थानीयबासिन्दाले योग गरेको तस्वीरमा मोदीले लेख्नुभएको छ – वन्डरफुल !

नेपालमा रहेको भारतीय दूतावासको ट्वीटर पेजमा मुक्तिनाथ मन्दिर अगाडि योग गरिएको फोटो र भिडियो सेयर गरिएको छ ।

त्यसमै मोदीले रिट्वीट गर्नुभएको हो । पछिल्लोपटक नेपाल आउँदा वैशाख २९ गते मोदीले मुक्तिनाथको दर्शन गर्नुभएको थियो ।

 

 

अन्तिम अपडेट: भदौ १४, २०७५

तपाईको प्रतिक्रिया