भ्यालेन्टाइन डेमा वर्षा र संजोगको बिहे हुने

 पुस ३०, २०७५ सोमबार १२:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको अफेयर चलेको लामो समय भइसकेको छ । लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह कहिले ? भन्ने प्रश्न पनि बेला–बेलामा चर्चामा आउने विषय हो ।

यो जोडीले यस प्रश्नको जवाफमा लगन जुरेको खण्डमा विवाह जहिले पनि हुन सक्ने बताउँदै आएको थिए ।

हुन पनि यो जोडीले अचानक विवाह गर्ने निधो गरेको कुरा सार्वजनिक गरेको छ । सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सरप्राइज दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् । 

वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् ।  उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ । 

वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । 

विवाहको एक महिनाअघि विवाह मिति सार्वजनिक गरिएको भए पनि केही समय अगाडिदेखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया