मेन्छ्यायेम गाउँपालिकामा माघे सक्रान्तिमा स्थानीय बिदा

 पुस ३०, २०७५ सोमबार १२:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – माघे सक्रान्ति पर्वको अवसरमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले स्थानीय बिदा दिएको छ । गाउँपालिकाले माघे सक्रान्ति अर्थात् माघ १ गते एक दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिका क्षेत्रमा विशेष माघेनी मेला लाग्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सीनाले बताउनुभयो । 

गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुङ्गा खोला किनारमा रहेको गौखुरी धाममा माघे सक्रान्तिका दिन विशेष मेला लाग्ने तथा पुजापाठ हुने गरेको छ ।

माघे सक्रान्तिमा खोरुंगा खोलामा मकर नुहाएर गाईखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन साथै सांस्कृतिक, खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित माघेनी मेलामा रमाउन सबैलाई आमन्त्रणसमेत गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष प्रदीप बुढाथोकीेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया