बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल

 पुस ३०, २०७५ सोमबार १७:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गर्नु भएको छ ।  

कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू त्यस प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै राज्यले छानबिन गरी त्यस सम्बन्धमा सथ्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नु भएको हो ।

सोमबार सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले छानवीन समितिले त्यस सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनुपर्ने पनि स्पष्ट पार्नुभयो । 

वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनासको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई याे सैह्य नहुने चेतावनी पनि दिनुभयो । देशको शान्ति सुरक्षा, सुशासन र विकास तीनवटै काममा सरकार पूर्णत असफल भएको वरिष्ठ नेता पौडेलको दाबी छ ।

उहाँले तनहुँको दुलेगौडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसो गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।

वरिष्ठ नेता पौडेलले निर्मला हत्याकाण्डमा ठूलै व्यक्तिको संलग्नता रहेको आशंका गर्दै त्यसलाई छानबिन गर्न नसकेकोमा पनि सरकारको चर्को आलोचना गर्नुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया