नेपाल अमेरिका र भारतको चंगुलमा फस्दैछ : बिजुक्छे

 पुस ३०, २०७५ सोमबार १८:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा एसिया प्यासाफिक क्षेत्रीय सुरक्षा संगठनको हेटक्वार्टर राखेर अमेरिका र भारतले नेपाललाई जालसाजीमा पार्दै गएको बताउनु भएको छ ।

सोमबार भक्तपुरको देकाचामा आयोजना भएको भक्तपुर नगरपालिकाको चौथो नगरसभामा बोल्दै उहाँले अमेरिका र भारतले विभिन्न बाहनामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको बताउनु भएको हो ।

भारतमा हुन लागेको संयुक्त सैनिक अभ्यासमा अन्तिममा नेपालले सहभागिता नजनाएर सरकारले राम्रो गरेको बताउँदै उहाँले विभिन्न बाहनामा नेपाललाई फसाउन खाजेकोतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

बिजुक्छेले भन्नुभयो, ‘भारतले सार्कलाई एउटै सैनिक सुरक्षा सम्झौताका रुपमा लान खोज्दा पाकिस्तानले नमानेपछि बिमेस्टेकको बैठक बस्यो । नेपालको जलश्रोत र सैनिक सुरक्षा कब्जा गर्ने रणनीति बनाउँदै छन् । सरकार सचेत हुनुपर्छ ।’

चीन र भारतको बीचमा रहेको नेपाललाई घोडाको ‘चेस बोर्ड’ जस्तो बनाउन खोजेको टिप्पणी गर्दै बिजुक्छेले नेपाल ‘दुई साँढे लड्दा बच्चा किचिए जस्तो’ अवस्था आउनेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया