पाकिस्तानविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जित्यो

 माघ १, २०७५ मंगलबार ६:४९:४८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानविरुद्धको तीन टेस्टको सिरिज दक्षिण अफ्रिकाले ३–० ले जितेको छ । सोमबार सकिएको अन्तिम टेस्टमा १०७ रनको जित निकाल्दै सिरिज क्लीनस्वीप गरेको हो ।

३८१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २७३ रनमा समेटिएको थियो । पाकिस्तानका आशिद सफिकले ६५ रन बनाउँदा सहाव खानले नट आउट ४७ रन जोडेका थिए । 

दक्षिण अफ्रिकाका डुवान ओलिभर र काशिको रावडाले तीन–तीन विकेट लिएका थिए । यसैगरी डेल स्टेनले २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिले २६२ रन बनाउँदा पाकिस्तानलाई १८५ रनमा समेटेका थियो ।  पहिले ७७ रनको अग्रता बनाएको अफ्रिकाले दोस्रो पटक ३०३ रन बनायो । पछि पाकिस्तानले ३८१ रनको चुनौती पाएको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया