हजारौँको अगाडि चक्कु प्रहार गरी मेयरको हत्या

 माघ १, २०७५ मंगलबार ७:१८:५३ | रासस
unn.prixa.net

पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । 

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । 

“उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने।  मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया