कारबाहीमा परेका भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले मागे माफी

 माघ १, २०७५ मंगलबार ७:३७:२१ | एजेन्सी
unn.prixa.net

एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण कारबाहीमा परेका भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले माफी मागेका छन् । 

करन वीथ कफी कार्यक्रममा दिएको अभिव्यक्तिले भारतमा चर्को विरोध भएको थियो । अष्ट्रेलिया सिरिजको बीचमै फिर्ता बोलाइएका पाण्ड्या र राहुलले साेमबार बीसीसीआईमा पुगेर विना शर्त माफी मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीसीसीआईका प्रशासकीय प्रमुख विनोद रायले उनीहरुको करियर बर्वाद गर्न नहुनेमा जोड दिएका छन् ।उनीहरुले माफी मागेपछि बीसीसीआईले थप प्रक्रिया अघि बढाउन विशेष बैठक बोलाउन पनि माग गरिएको छ । बीसीआईले यसघटनालाई किनारा लगाउँदै निश्चित कारवाही पछि मैदान उत्रन दिने तयारी पनि गरेको बुझिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया