दीपिकासँग विवाहपछि यी ३ कुरा गर्न रणवीरमाथि प्रतिबन्ध

 माघ १, २०७५ मंगलबार १५:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले लामो समयको प्रेम सम्बन्धपछि २०१८ को नोभेम्बरमा विवाह गरे । विवाह गरेर गृहस्थी जीवन सुरुवात गरिरहेको यो जोडी बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी हो । 

यसैबीच विवाहको २ महिनापछि अभिनेता रणवीर सिंहले श्रीमती दीपिकाले आफूमाथि तीन कुराहरुमा प्रतिबन्ध लगाएको खुलासा गरेका छन् । रणवीर सिंहले फिल्मफेयरसँगको कुराकानीका क्रममा विवाहपछि तीन कुरा कुनै पनि हालतमा गर्न नसक्ने बताएका छन् । 

उनले गर्न नहुने भनिएको तीनमध्ये ‘पहिलो अबेर राति घरभन्दा बाहिर रहने, दोस्रो खाना नखाई बाहिर निस्कने र तेस्रो दीपिकाले गरेको फोन कल मिस गर्ने,’ हुन् । रणवीरले अरु काम बिर्सिए पनि यि तीन कुरा भने सधैं अनिवार्य याद राख्नु पर्ने बताएका छन् । 

यस अनुसार दीपिकाले आफूसँग विवाहपछि रणवीर सिंह समयमै घर फर्कनु पर्ने, परिवारका साथमा खाना खाएर मात्रै बाहिर निस्कने र दीपिकाले फोन गर्दा त्यो फोन रिसिभ गर्नु पर्ने नियम बनाएकी छिन् । रणवीरले कुराकानीकै क्रममा आफू उत्कृष्ट श्रीमान बन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अभिनेता रणवीर सिंह उनकी श्रीमती दीपिकालाई कुन हदसम्म माया गर्छन् भन्ने यस कुराबाट प्रष्ट हुन्छ । 

रणवीर सिंह यतिबेला उनी अभिनित फिल्म ‘गली ब्वाय’ को प्रमोशनमा व्यस्त छन् । यस फिल्ममा उनको जोडीको रुपमा आलिया भट्टको पनि मुख्य भूमिका रहेको छ ।  साथै उनी अभिनित फिल्म ‘सिम्बा’ रिलिज भइरहेको छ । यो फिल्मले प्रदर्शनको  तेस्रो हप्ता सम्ममा २२७ करोडको व्यापार गर्दै सुपरहिट साबित भइसकेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया