हरिभक्त स्मृति पुरस्कार पत्रकार गणेश बिकलाई

 माघ १, २०७५ मंगलबार १६:२:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – हरिभक्त स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट नागरिककर्मी गणेश बिक पुरस्कृत हुनुभएको छ ।

मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित शहीद हरिभक्त ओलीको २० औं स्मृति सभामा पत्रकार बिकलाई हरिभक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
लोकतन्त्रको पक्षमा पत्रकारिताको क्षेत्रबाट गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको प्रेस युनियन रुकुमले जनाएको छ । यसैवर्षदेखि सुरु गरेको पत्रकारिता पुरस्कार प्रत्येक वर्ष हरिभक्त स्मृति सभाको अवसरमा प्रदान गरिने प्रेस युनियन रुकुमका सचिव लोकेन्द्र खनालले बताउनुभयो ।

पत्रकार बिकलाई सम्मानपत्रसहित नगद रकम १५ हजार रुपैयाँ प्रदान गरिएको छ । नेपाली कांग्रेसका नेता हरिभक्त ओलीको २०५६ साल माघ १ गते तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएको थियो । ओली तत्कालीन जिल्ला विकास समितिका सभापति समेत हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया