डाक्टर गोविन्द केसीको मागविरुद्ध अनसन बसेका थापा अस्पताल भर्ना

 माघ १, २०७५ मंगलबार १८:३१:२८ | रासस
unn.prixa.net

तस्बिर सामाजिक सञ्जालबाट लिइएकाे हाे

इलाम – गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई मंगलबार अस्पताल भर्ना गरिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहनुभएका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनियासहित अन्य रोगको समेत सङ्क्रमण देखापरेपछि तत्काल अस्पताल भर्ना गरिएको हो । केही दिनअघि नै स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पताल भर्ना हुन अनुरोध गरे पनि थापाले अस्पतालको सेवा नलिने भन्दै उपचारमा रहनुभएको थिएन ।

गएको २५ मङ्सिरदेखि इलाममै अनशनमा रहनुभएका डा गोविन्द केसीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहनुभएका डा केसीको समेत स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार इलाम अस्पताल ल्याइएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया