सलमान खानको ‘दबंग ३’ र रणबिर कपूरको ‘ब्रम्हास्त्र’ सँगसँगै

 माघ २, २०७५ बुधबार १२:५३:४५ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को छायाकंनको काम लगभग सकिसकेको छ । 

यो फिल्म इदको अवसरमा २०१९ जुन ५ मा रिलिज हुनेछ । यो फिल्मबाहेक सलमान खानको अर्को फिल्म ‘दबंग ३’ पनि यसै वर्षको क्रिसमसको अवसरमा रिलिज हुनेछ । खबरहरुका अनुसार सलमान खानको फिल्म ‘दबंग ३’ र रणबिर कपूरको फिल्म ‘ब्रम्हास्त्र’ एकसाथ प्रदर्शन हुनेछ । यस अनुसार वर्ष २०१९ मा सलमान खान र रणबिर कपूरबीच फिल्मका माध्यमबाट भिडन्त हुनेछ । 

फिल्म ‘दबंग ३’ को छायाकंनको काम अप्रिल महिनादेखि सुरु हुने कुरा सलमान खानका भाइ अरबाज खान स्वयंले बताएका छन । फिल्मको स्क्रिप्ट पनि फाइनल भइसकेको छ  तर अहिले नै फिल्मको लोकेसन भने फाइनल भइसकेको छैन ।  सलमान खानका साथै अभिनेत्री सोनाक्षी सिन्हा, माही गिललगायतको अभिनय रहने यस फिल्मको छायाकंन भने प्रभु देवाले गर्नेछन् । 

यता अभिनेता रणबिर कपूर पनि फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यस फिल्मको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।

‘ब्रम्हास्त्र’ मा अभिनेता रणबिर कपूरका साथै आलिया भट्ट, अमिताभ बच्चन र मौनी रोयको पनि प्रमुख भूमिका रहेको छ । फिल्म ‘ब्रम्हास्त्र’ ३ भागमा बन्नेछ ।   


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया