फाइबर प्रयाेगकाे भाडादर वृद्धिमा इन्टरनेट प्रदायक संस्थाको असन्तुष्टि

 माघ २, २०७५ बुधबार १७:३६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले OPGW फाइबर प्रयोग गरे वापतको भाडादरमा अस्वभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्था ISPAN ले नयाँ भाडादर स्वीकार गर्न नसकिने जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ ISPAN ले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्राधिकरणले बढाएको भाडा दर तिर्न नसकिने जनाएको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले  जानकारी र परामर्श बिना नै प्राधिकरणले यसै आर्थिक वर्षदेखि लागू हुने गरी इएन्ध् फाइबर प्रयोग गरे वापतको भाडादरमा ५ सयदेखि ६ सय प्रतिशतसम्म वृद्धि गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।

व्यवसायलाई नै धरापमा पार्ने गरी प्राधिकरणबाट भएको भाडा वृद्धि आफूहरुलाई मान्य नहुने भन्दै उहाँले निर्णय खाजेर गर्न माग गर्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुले अहिले कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुःल्क पुरानै भाडादरलाई आधार मानी दिइरहेको भन्दै उहाँले प्राधिकरणको भाडावृद्धिले सिंगो व्यवसायमा अन्यौल छाएको बताउनुभयो ।

उहाँले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायको प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति बनाई सोही समितिको सुझावका आधारमा भाडादर निर्धारण गर्न पनि माग गर्नुभयो ।

अध्यक्ष भट्टले सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको जिम्मेवार नेपाल विद्युत् प्राधिकरण हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया