नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद फेरि थपियो

 माघ २, २०७५ बुधबार १८:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद फेरि थपिएको छ ।

माघ १० गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय नगरुञ्जेल अहिलेकै कार्यसमितिलाई निरन्तरता दिइएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बुधबार राति १२ बजे भङ्ग हुन लागेको नेविसंघ केन्द्रीय समितिलाई माघ १० गतेसम्मका लागि म्याद गरिएको हो ।

यसअघि पटक–पटक म्याद थप भएको भए पनि नैनसिंह महर नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद बढ्दै गएको छ । विवादकै बीच १० जनाभन्दा बढी पदाधिकारी र केन्द्रीय सदस्यले राजीनामा समेत दिइसकेका छन ।

नेविसंघले ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिवेशन गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया