हारेर पनि अन्तिम आठमा रियल मड्रिड

 माघ ३, २०७५ बिहिबार ७:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा रियल मड्रिड अन्तिम आठमा प्रवेश गर्दा एट्लेटिको मड्रिड भने बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिड दोस्रो लेगमा लेगानेससँग एक शून्यले पराजित भयो । तर पहिलो लेगमा हात पारेको तीन शून्य गोलको अग्रताका कारण उसले हारपछि पनि क्वार्टरफाइनलमा स्थान बनायो । 

समग्रमा रियल तीन एकको क्वार्टरफाइनलमा प्रवेश गर्‍याे । रियललाई हारको स्वाद चखाउन मार्टिन ब्रेथवेटले गोल गरेका थिए । अर्को खेलमा सेभियाले एट्लेटिको विल्बाओलाई समग्रमा तीन दुईले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो । 

दोस्रो लेगमा एक शून्यले पराजित भए पनि सेभियाले अन्तिम आठमा स्थान बनायो । जिरोनासँग प्रिक्वाटरफाइनलको दोस्रो लेगमा तीन–तीन खेलको बराबरी खेलेपछि एट्लेटिको मड्रिड अवे खेलमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । 

खेलको १२ औं मिनेटमा निकोला केलिनिकको गोलमार्फत एट्लेटिकोले अग्रता बनाएको थियो । तर ३७ औं मिनेटमा भलेरी फर्नान्डेजले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्‍याए । 

त्यसपछि ५९ औं मिनेटमा क्रिस्टियन स्टुनीले गोल गर्दै जिरोनालाई दुई एकले अगाडि राखे । तर ६६ औं मिनेटमा एञ्जेल कोरीको गोलले एट्लेटिकोले खेल दुई–दुई को बराबरी गर्न सफल भयो । 

त्यसपछि एन्टोइन ग्रिजमनले गोल गर्दै फेरी एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा सिइडु डोउम्बियाले गोल गर्दा जिरोनाले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया