प्रदेश पाँचको राजधानी बुटवल कायम गर्न कांग्रेसको प्रदर्शन

 माघ ३, २०७५ बिहिबार ९:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही  – पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले बिहीबार बुटवलमा जनप्रदर्शन गर्दैछ ।

गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको र राजधानी नै अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न जनप्रदर्शन आयोजना गरिएको कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले बताउनुभयो । 

बिहान ११ बजे बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने जनप्रदर्शन पछि आयोजना हुने सभालाई कांग्रेसका युवा नेताहरु बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, डाक्टर चन्द्र भण्डारी लगायतले संवोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा ५० हजार समर्थक र कार्यकर्ता उतार्ने बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले दाबी गर्नुभएको छ । 

कांग्रेसले बुटवलको जनप्रदर्शनलाई ऐतिहासिक बनाउन तयारी गरेको रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया