वन जोगाउन उपभोक्तालाई ग्यास सिलिन्डर

 माघ ३, २०७५ बिहिबार १०:३१:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु  – वन जोगाउन सोलुखुम्बुको एक सामुदायिक वनले उपभोक्तालाई ग्यास वितरण गरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ को मपुङ सामुदायिक वन उपभोक्ता समितिले वन जोगाउने उदेश्यले उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको हो । 

समितिको आन्तरिक स्रोतमार्फत ४६ घरधुरी उपभोक्तालाई ग्यास वितरण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । समितिले ४० घरधुरीलाई ग्यास वितरण गरी सकेको उपभोक्ता समितिका उपाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

वडालाई धुवाँ मुक्त बनाउन र वन जङ्गल जोगाउन यस्तो कार्य गरिएको उहाँको भनाई छ । यसले वायु प्रदूषणलाई नियन्त्रण गर्नमासमेत मद्दत पुग्ने विश्वास लिइएको छ । 

 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया