डा. केसीलाई भेट्न माथेमासहितको टोली इलाम आउँदै

 माघ ३, २०७५ बिहिबार १४:२३:१४ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमासहितको टोली डा. केसीलाई भेट्न बिहीबार इलाम आउँदैछन् ।

बिहीबार अपराह्न इलाम सदरमुकाम आइ पुग्ने टोलीले इलाम अस्पतालमा सत्याग्रहरत डा.केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने बताइएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगाना, अभियन्ता डा.अभिषेकराज सिंहलगायत पनि टोलीमा सहभागी रहेको जनाइएको छ । 

टोलीले अपराह्न ३ बजे डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन गर्ने अस्पतालले जनाएको छ । डा. केसी १५ औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी हुनु भएको थियो । 

डा.केसीको अवस्था चिन्ताजनक हुँदै गएपछि बुधबार चिकित्सकको विशेषज्ञ टोलीले तत्काल आईसीयूमा राख्न सुझाव दिएको थियो । 

तर, डा.केसीले इलाम नछाड्ने अडान लिए पछि उहाँलाई गएको मंगलबारदेखि नर्मल स्लाइन, एन्टिबायोटिक र अक्सिजन दिएर अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया