पर्वतमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका सात जनाको सनाखत

 माघ ३, २०७५ बिहिबार १८:३४:४० | सन्तोष थापा
unn.prixa.net

फाइल तस्बिर

पर्वत – बिहीबार बेनीबाट छुटेको ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

बेनी मालढुंगा सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको हो भने चारजनाको अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा ज्यान गएको हो ।

म्याग्दीका राजेश पुन, जलजला गाउँपालिका ७ कि ५० वर्षीया अमिसरा पुन, सोही स्थानकी ४० वर्षीया सेती परियार, ५० वर्षीया टिके परियार, बागलुङ ४ कुँडुलेकी ४८ वर्षीया शान्ति केसी र जलजला ७ का २२ वर्षीया जीवन विक र भरतपुर महानगरपालिका ८ का ४१ वर्षीया सुब्बे परियारको बस दुर्घटनमा परि ज्यान गएको हो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया