इँटा भट्टाको डक भत्किँदा दुई बालबालिकाकाे ज्यान गयो

 माघ ३, २०७५ बिहिबार १८:३५:१३ | कपिल कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काभ्रे – काभ्रेको पाँचखालमा रहेको एउटा इँटा भट्टाको डक (इँटा पोल्ने चिम्नी बसेको भाग) भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ । 

ज्यान जानेमा १० महिनाका निर्माण परियार र ३ वर्षकी जेनिसा परियार रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिनुभयो । 

ज्यान गुमाउने दुवै पाँचखाल नगरपालिका–७, मा रहेको हनुमान इँट्टा भट्टामा काम गर्ने मजदुरका बालबालिका रहेको जनाइएको छ । 

त्यसै घटनामा ३ वर्षका बाबुराम घर्ती र ३५ वर्षकी सितादेवी पासवान गम्भीर घाइते भएका छन् भने उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको एसपी खड्काले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया