नवप्रवेशी टोली पानामाविरुद्ध पहिलो हाफ बेल्जियमलाई हम्मे, दोस्रो हाफमा ३ गोल

 असार ४, २०७५ सोमबार २३:२०:५८ | एजेन्सी

नवप्रवेशी टोली पानामाविरुद्ध ३–० को जित निकाल्दै बेल्जियमले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ ।

यद्यपि पानामासँगको पहिलो हाफ बेल्जियमलाई हम्मेहम्मे परेको थिए । पहिलो हाफ पानामाले बेल्जियमलाई बराबरीमा रोकेको थियो ।
 
स्टार खेलाडीले भरिएको बेल्जियमविरुद्ध पानामा सुरुवातमा केही दबाबमा देखिए पनि केही समयपछि सन्तुलित रुपमा प्रस्तुत भएको थियो ।
 

६० प्रतिशत बल पोसेसन बनाएको बेल्जियमले जम्मा नौ सट प्रहार गर्दा तीन सट पोष्टमा थियो । तर पनि गोल गर्न सकेन । यता पानामाले राम्रो प्रहार गर्न नसके पनि डिफेन्स लाइन निकै मजबुत देखियो ।
 
४–१–४–१ को फर्मेसनमा उत्रिएको पानामाबिरुद्ध पहिलो हाफमा रोमेलु लुकाकु र इडेन हाजार्डले एक–एक अवसर गुमाएका थिए ।
 
तर दोस्रो हाफको सुरुमा नै बेल्जियमले खेलमा अग्रता बनायो । उसका लागि मार्टिनेसले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि बेल्जियमले ६९ औ मिनेटमा अग्रता २–० मा पुर्यायो । उसका लागि रोमेलु लुकाकुले गोल गरे ।
 
पहिलो हाफको तुलनामा दोस्रो हाफमा कमजोर पानामा विरुद्द बेल्जियमले ७४ औ मिनेटमा तेस्रो गोल गर्यो । यसपटक इडेन हाजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया