समायोजनका लागि फारम नभरेका कर्मचारीबारे अध्ययन सुरु

 माघ ४, २०७५ शुक्रबार ९:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समायोजनका लागि फारम नभरेका कर्मचारीको अध्ययन शुक्रबारदेखि सुरु हुने भएको छ । समायोजनमा नआउनेको एकिन संख्या, त्यसको कारणलगायतको अध्ययन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत फाराम भरेको र १० हजार जति कर्मचारीले फाराम नभरेको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिनुभयो ।

यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोजेका छैनन् । सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् ।

तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेको उहाँले जानकारी दिनुभयो । समायोजनमा आएका कर्मचारीलाई पनि कुन तहमा पठाउने भन्ने विषयमा छलफल हुने पनेरुले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया