बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
थाइल्याण्ड टि–२० वुमन्स स्म्याशमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११७ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्याए ।
ब्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।