डा. केसीविरुद्ध अनसन बसेका थापालाई पनि काठमाण्डौ लगियो

 माघ ४, २०७५ शुक्रबार १२:२४:४९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – गएको पुस २७ गतेबाट अनसनरत विजय थापाको स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालबाट बिहीबार राति नै काठमाण्डौ लगिएको छ ।

उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले बिहीबार राति ११ बजे इलाम अस्पतालबाट काठमाण्डौ लगिएको इलाम अस्पतालका डा. पवनजंग रायमाझीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शरीरमा ग्लुकोजको मात्रा कम भएको, श्वासप्रश्वास र पिसाबमा समस्या आएकोले तत्काल आईसीयू वा सीसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालबाट रिफर गरिएको हो । 

थापालाई झापाको चन्द्रगढी एयरपोर्टबाट हेलिकप्टर काठमाण्डौं लगिएको थापा निकट पुष्पराज भण्डारीले जानकारी दिनुभयो । शुक्रबार उहाँलाई काठमाण्डौ महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि पु¥याइएको भण्डारीले जानकारी दिनुभयो । 

थापा संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई हुबुहु संसदबाट पारित हुनुपर्ने माग राख्दै अनसनमा बस्नु भएको हो ।  


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया