कर्मचारी आन्दोलनका कारण प्रदेश-२ का सरकारी कार्यालयको काम प्रभावित

 माघ ४, २०७५ शुक्रबार १४:५८:५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - कर्मचारीहरुको आन्दोलनको कारण शुक्रबार प्रदेश-२ का सरकारी कार्यालयको काम प्रभावित भएको छ ।

सचिव कुट्ने मन्त्रीमाथि कारबाहीको माग गर्दै कर्मचारीले शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कामकाज ठप्प पारेका हुन् । कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै अधिकारिक ट्रेड युनियन धनुषाको नेतृत्वमा कर्मचारीहरु गएकाे बुधबारदेखि आन्दोलन गरिरहेका छन् ।

गएको आइतबार प्रदेश-२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटपिट गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया