आफूहरुमाथि हुने छानबिनका लागि तयार रहेकाे एन्फा पदाधिकारीकाे स्पष्टाेक्ति

 माघ ४, २०७५ शुक्रबार १५:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले आफूहरुमाथि हुने छानबिनका लागि तयार रहेको बताएका छन् ।

चार जिल्लाका अध्यक्षहरुले भ्रष्टाचारको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै यदि सरकार र एएफसीले छानबिन गरे सहयोग गर्ने प्रष्ट पारे । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुस ११ गते पत्रकार सम्मेलन गरि काठमाण्डाै, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले लगाएको आरोप निराधार रहेको पनि उल्लेख गर्नुभयाे ।

त्यस अवसरमा एन्फाले वर्तमान नेतृत्वले गरेका कामहरुको विवरण पनि सार्वजनिक गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया