महिला टी–२० स्म्याशको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डसँग खेल्ने

 माघ ४, २०७५ शुक्रबार १७:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

जवाफमा उसले यूएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अल आउट गर्यो ।

यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको थियाे । समूह चरणमा नेपालले थाइल्याण्डको ए टिमलाई हराएको  थियो ।

फाइनल खेल शनिबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया