नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता छ: विश्व बैंक

 माघ ४, २०७५ शुक्रबार १९:१७:४९ | उज्यालो सहकर्मी

काठमाण्डाै - विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंंल्याएको छ ।

शिक्षाको पहुँच विस्तारको अवस्थामा उल्लेख्य सुधार आए पनि गुणस्तर वृद्धि नभएको विश्व बैंकको निष्कर्ष छ । शुक्रबार काठमाण्डाैमा भएको एक कार्यक्रममा विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले नेपालको शैक्षिक अवस्था समदूरीमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न विकट क्षेत्रका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिनुभयो । विश्व बैंकले नेपालको विद्यालय तह र उच्च शिक्षाको गुणस्तर सुधारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया