रुसका दुई लडाकू विमान दुर्घटना

 माघ ५, २०७५ शनिबार ६:३१:५६ | रासस
unn.prixa.net

रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदूरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथि जुधेका हुन् । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया