एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने चौथो ओभरमै बलिङमा आएका छन् ।
सन्दिपको टिम सिलेट सिक्सर्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
१९५ रनको लक्ष्य पछ्याएको रंगपुर राइडर्सविरुद्ध सन्दीपले चौथो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका हुन् । जसमा सन्दिपले ३ रनमात्रै खर्चिए ।
दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन उनी असफल भएका थिए । पहिलाे र दोस्रो बलमा एलेक्स हेल्सले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए । पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आएपछि अन्तिम बल रिले रुसाेले रन बनाएन् ।
उनको क्याच पनि ड्रप भएपछि सन्दीप केही निराश देखिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिलेटले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ९४ रन बनायो । उसका लागि सब्बिर रहमानले ८५, अफिफ होसिनले १९, निकोलस पुरनले ४७ र कप्तान डेविड वार्नरले १९ रन बनाए । बलिङमा रंगपुरका मर्सफे मुस्तफाले दुई विकेट लिए ।
खेलकाे आठाैं ओभरमा व्यक्तिगत दाेस्राे ओभर बलिङ गरेका सन्दीपले रुसाे र डी भिलियर्सकाे जाेडीलाई ८ रन दिए ।
त्यसैगरी खेलकाे दशाैं ओभरमा व्यक्तिगत तेस्राे ओभर लिएर आएका उनले रुसाे र डी भिलियर्सकै फेरि पनि जाेडीलाई ८ रन दिएका छन् ।