सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयाे

 माघ ५, २०७५ शनिबार १६:३०:३४ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीको कंचनरुप नगरपालिका–११ सिमरा गोरपारमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्युु भएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट अचानक गाउँ पसेका जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीया कोशिलावती मण्डलको मृत्यु भएको हो।

घरमै सुतिरहेको अवस्थामा अचानक घरमै पसेर हात्तीले कुल्चेका कारण महिलाको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया