बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
दाङ - दाङमा शनिबार अपराह्न भएको यात्रुबाहक बस दुर्घटनामा २५ जना घाइते भएका छन् भने २ घाइतेको अवस्था गम्भीर छ ।
दाङको तुलसीपुरबाट दमारगाउँका लागि छुटेको रा १ ख ४९४ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बसमा सवार २५ जनामध्ये दुईजना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते २ जनालाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अन्य घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेकोछ ।
गम्भीर घाइते तुलसीपुर-६, की आसा विक र तुलसीपुर-११ की गिता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।