म्यानचेस्टर युनाइटेडकाे जित, पाेग्बा र रासफाेर्डकाे एक–एक गाेल

 माघ ६, २०७५ आइतबार ६:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ओले गुनर सोल्स्कायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेड भने जितको श्रृङ्खला कायम राख्न सफल भएको छ । शनिबार म्यानचेस्टर युनाइटेडले ब्राइटन एण्ड होभ अल्वियनलाई २–१ ले हराउँदा सोल्स्कायरको प्रशिक्षणमा जित संख्या सात पुगेको छ ।

जसमा ६ खेल प्रिमियर लिगका थिए । सोल्स्कायरको प्रशिक्षणपछि युनाइटेडले सात खेलमा गोल संख्या १९ पुर्‍याएको छ । उसले प्रिमियर लिगमा ६ जित निकाल्दै १८ अंक बटुल्न सफल भएको छ ।

वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि पाउल पोग्बा र मार्कस रासफोर्डले १–१ गोल गरे । पोग्बाले २७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा रासफोर्डले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनायो ।

७२औं मिनेटमा पास्कल ग्रोबले ब्राइटनका लागि गोल गरे पनि जितका लागि पर्याप्त भएन । जितसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । तालिकामा ४४ अंक बनाउँदै शीर्ष चारभित्र रहने सम्भावना बलियो बनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया